२०८२ फाल्गुन १९ गते मंगलवार

पोखरिया–५ सतवरियाको दलित बस्तीमा ३५ घर जलमग्न, जनजीवन प्रभावित

शैलेश गुप्ता

पोखरिया । पर्साको पोखरिया नगरपालिका–५ सतवरियास्थित दलित बस्तीका ३५ वटा घरमा पानी पसेर बस्ती पूर्ण रूपमा जलमग्न भएको छ। घरभित्र पानी पस्दा स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ।

 

करीब १ सयदेखि १ सय ५० जनासम्मको परिवारले समाचार संकलन गर्ने समयमा समेत खाना खाएका थिएनन्। पानीका कारण चुलो बल्न सकेको थिएन। ती परिवारका बालबालिकाले खान नपाउँदा रुई–कराई गरिरहेका थिए।

 

अभिभावकहरूको भनाइअनुसार घरभित्र २ फिटदेखि ४ फिटसम्म पानी जमेकाले पानी नघटेसम्म खाना पकाउन, खान, बस्न र सुत्न समस्या भएको छ। पीडित परिवारहरूले तत्काल राहतका लागि सम्बन्धित निकायसँग गुहार गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM