सर्लाही – अविरल वर्षासँगै आएको चट्याङले रौतहटमा दुई जना किशोरको मृत्यु भएको छ। जिल्लाको कटहरिया नगरपालिका – २ हंथियाहि गाउँमा चट्याङले दुई किशोरको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा स्थानीय १६ वर्षीय सेराज लहेरी र सोही उमेरका नवीन यादव रहेका छन्। उनीहरुलाई शनिबार साँझ करिब ६ बजे चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलका अनुसार मृतक दुवै जनाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।









