२०८२ फाल्गुन १९ गते मंगलवार

विपद् व्यवस्थापनमा सक्रिय हुन जसपाका नेता कार्यकर्ताहरू सँग निवर्तमान खानेपानी मन्त्री प्रदिप यादवको आग्रह

शैलेश गुप्ता

पर्सा । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित निवर्तमान सांसद तथा पूर्व खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) का सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी संरचनालाई जनताको सुरक्षालाई प्राथमिकतामा राखी विपद् व्यवस्थापनमा सक्रिय हुन आग्रह गरेका छन्।

जसपाका उपमहासचिव समेत रहेका यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल जारी गर्दै स्थानीय पार्टी कमिटीहरूलाई सरकारी निकायहरूसँग समन्वय गरी जोखिममा परेका नागरिकहरूको उद्धार, राहत र संरक्षणमा अग्रपंक्तिमा रहन अनुरोध गरेका हुन्।

Advertiesment

पछिल्ला दुई दिनदेखि देशका विभिन्न भागहरूमा लगातार भारी वर्षा भइरहेकाले धेरै स्थानमा राजमार्ग अवरुद्ध भएका छन् भने आन्तरिक हवाई सेवा पनि प्रभावित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म सबैभन्दा बढी वर्षा पर्सा जिल्लामा भएको छ।

संभावित बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति हुने जोखिम उच्च रहेको बताउँदै पूर्वमन्त्री यादवले जसपा कार्यकर्तालाई पूर्ण सतर्कता र सक्रियताका साथ जनताको सुरक्षामा खटिन आग्रह गरेका छन्।

Advertiesment

उनले भनेका छन् — “यस कठिन घडीमा प्रत्येक जिम्मेवार नागरिक, विशेषतः जसपा परिवारका सदस्यहरू एकताबद्ध भई सहयोग, सद्भाव र सशक्त उपस्थिति देखाउँदै विपद् व्यवस्थापनका लागि तयार रहौं। संकटमा परेकाहरूलाई छिटो सहयोग पुगोस्।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM