२०८२ फाल्गुन २० गते बुधबार

पोखरिया नगर प्रमुख चौहानको कडा निर्णय : ९ विद्यालयका प्रधानाध्यापकहरूको सरुवा

शैलेश गुप्ता
पोखरिया । शिक्षाको गुणस्तर सुधारका लागि पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले कठोर कदम चालेका छन्। नगरपालिकाभित्रका विभिन्न विद्यालयका ९ जना शिक्षक तथा प्रधानाध्यापकहरूको सरुवा गरिएको हो।

नगर प्रमुख चौहानका अनुसार गाउँ–गाउँ अनुगमनका क्रममा अभिभावकहरूले उठाएका गुनासोका आधारमा सरुवा निर्णय भएको हो। उनले भने, “लामो समय एउटै ठाउँमा बस्दा शिक्षक, प्रधानाध्यापक र विद्यार्थीबीचको संवाद तातो–नजिक हुने तर जिम्मेवारीमा लापरबाही बढ्ने देखिन्छ। त्यसले गर्दा विद्यार्थीको भविष्यमा खतरा उत्पन्न हुन्छ।”

सामुदायिक विद्यालयमा प्रायः गरिबी रेखामुनि रहेका परिवारका विद्यार्थी पढ्ने भएकाले शिक्षामा सुधार गर्न आफू गम्भीर भएको मेयर चौहानले बताए। उनले लापरबाही गर्ने शिक्षकविरुद्ध प्रमाणको आधारमा कडा कारबाही हुने चेतावनी दिएका छन् भने उत्कृष्ट काम गर्नेहरूलाई नगरपालिकाले पुरस्कार दिने घोषणा पनि गरेका छन्।

सरुवामा परेका शिक्षक/प्रधानाध्यापक

१. ओमप्रकाश प्रसाद रौनियार — श्री जिल्ला उचाँगल रामदेव कलवार मा.वि. पोखरिया → श्री नेपाल राष्ट्रिय मा.वि. जगतपुर
२. शंकर प्रसाद रौनियार — श्री पदम महोबनी मा.वि. रानीगंज श्रीसिया → श्री नेपाल राष्ट्रिय कन्या मा.वि. सतवरिया, पोखरिया-४
३. पर्वत ठाकुर लोहार — शिक्षक (उचाँगल रामदेव कलवार मा.वि. पोखरिया) → प्रधानाध्यापक, श्री पदम महोबनी मा.वि. रानीगंज श्रीसिया
४. राजकुमार साह — शिक्षक, उचाँगल रामदेव कलवार मा.वि. पोखरिया → प्रधानाध्यापक, सोही विद्यालय

आधारभूत तहमा
५. लालबाबु प्रसाद चौहान — श्री नेपाल राष्ट्रिय मा.वि. जगतपुर → श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, श्रीसिया पर्सा
६. रामबाबु प्रसाद चौहान — श्री नेपाल राष्ट्रिय कन्या मा.वि. पोखरिया-४ → श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सिवर्वा पटवारीटोल
७. अख्तर हुसैन — श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सिवर्वा पटवारीटोल → नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बौद्धिमाई सिवर्वा
८. राम सुरत साह तेली — नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बौद्धिमाई सिवर्वा → श्री रामतारा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, पोखरिया-१ बनकटवा
९. हरिदर्शन त्रिपाठी — श्री रामतारा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, पोखरिया-१ बनकटवा → नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बौद्धिमाई सिवर्वा

हाल पोखरिया नगरपालिकाभित्र १ देखि १० वडासम्म २५ वटा विद्यालय सञ्चालनमा छन्। सरुवापछि सम्बन्धित शिक्षक तथा प्रधानाध्यापकहरूले नयाँ कार्यभार सम्हालेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM