२०८२ फाल्गुन १९ गते मंगलवार

हिन्दी फिल्म ‘PARADOX’ को शुभ मुहूर्त सम्पन्न

 

मेवालाल यादव

रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ स्थित प्रसिद्ध राजदेवी मन्दिर परिसरमा हिन्दी फिल्म ‘PARADOX’ को शुभ मुहूर्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

मानव तस्करीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण हुन लागेको फिल्म ‘PARADOX’ समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। फिल्मका लेखक सागर राज गुप्ताले समाजमा व्याप्त मानव तस्करीको समस्यालाई उजागर गर्दै जनचेतनाको सन्देश दिन फिल्म निर्माण गरिएको जानकारी दिए।

फिल्मको निर्देशन अनुपम साहले गर्दैछन् भने निर्माणको जिम्मेवारी रामारमन सहनी र एम.एल. यादवले लिएका छन्। प्रमुख भूमिकामा मेवालाल यादव र रन्धिर कुमार रहेका छन् भने नायिकाको भूमिकामा दिव्य सिङ्देल र प्रिया लामिछाने देखिनेछिन्।

Advertisement

अभिनाश फिल्म मिडिया प्रा. लि. र सुधीर इन्टरटेन्मेन्ट प्रा. लि. को संयुक्त प्रस्तुतिमा बन्न लागेको फिल्मको छायांकन चाँडै सुरु गरिनेछ। नेपाल र भारतका विभिन्न स्थानमा छायांकन हुने जानकारी अभिनेता मेवालाल यादवले दिए।

Advertisement

शुभ मुहूर्त कार्यक्रममा राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी प्रसाद यादव, वरिष्ठ पत्रकार राकेश यादव, सत्येन्द्र प्रताप सिंह, शैलेन्द्र झा, दिलिप पाण्डे, चन्दन महतो, समाजसेवी देवि अधिकारी, कलाकार रामबाबु साह, पवन साह, दिपेश शर्मा, रौनक नवीन, सुर्या कुशवाहा, दिपेन्द्र भाई, असलम भाई, चन्चल झा, कृष्णमणि झा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM