२०८२ फाल्गुन १९ गते मंगलवार

१० महिलासहित ८० जनाले गरे रक्तदान

वीरगंज, २२ मंसिर ।नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ निजगढ नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १० महिला सहित ८० जनाले रक्तदान गरेको छ । निजगढको शहिद चोकमा भएको रक्तदानमा १० जना महिला सहित ८० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमा शर्मिला बिक, सनध्या रिजाल, संगीता रिमल, संगीता गुरूङ, सुमित्रा खड्का, मनिषा अधिकारी, बिमला खनाल लगायत रहेका छन् । नेविसंघ निजगढ नगर सभापति इश्वर सापकोटाको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदानमा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वमा रहेको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM