२०८२ फाल्गुन १९ गते मंगलवार

पत्नीलाई मुक्का-लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा पति पक्राउ

वीरगंज, १८ साउन । पत्नीलाई लाठी प्रहार गरी हत्या गरेको आरोपमा पर्सा जिल्लाबाट एकजना पति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
साउन १७ गते ६ः३० बजे जिल्ला पर्सा जीराभवानी गाउँपालिका वडा नं.५ शंकरसरैया बस्ने वर्ष ३२ को जितेन्द्र माझी मुशहरले घरायसी वाद–विवादका कारण मादक पदार्थ सेवन गरी आफ्नै पत्नी वर्ष २४ की असपतलीया देवी मुशहरको हत्या गरेको प्रहरीले जनाएको छ ।
मुक्का तथा लठ्ठीले घाँटीमा प्रहार गरी कर्तव्य गरी मारेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट शंकरसरैयाका प्र.स.नि. विकाउ साहको कमाण्डमा प्रहरी टोलीले जितेन्द्र माझी मुशहरलाई घेराबन्दी गरी पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी मृतकको लास पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगंजमा पठाएको र पक्राउ प्रतिवादी वर्ष ३२ को जितेन्द्र माझी मुशहरलाई ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM