२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटको बनाना रिसोर्टमा भीषण आगलागी, ४० लाखभन्दा बढीको क्षति

अशोक यादव / श्रावण १७, रौतहट
रौतहटको ईशनाथ नगरपालिका–२ मा सञ्चालित बनाना रिसोर्ट (केराबारी) मा शनिबार बिहान भीषण आगलागी हुँदा ४० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको छ।

शनिबार बिहान करिब ३:४० बजेको समयमा रिसोर्टमा अचानक आगलागी भएको हो। रिसोर्ट सञ्चालक राकेश गुप्ताका अनुसार आगलागीबाट कृषिमा प्रयोग हुने मेशिन, खाद्यान्न, फर्निचर, फ्रिज, लत्ताकपडा तथा भौतिक संरचना पूर्ण रूपमा जलेर खरानी भएका छन्।

नेपाल सरकार र श्री जौहरीमाई कृषि तथा सहकारी संस्थाको संयुक्त लगानीमा सञ्चालित सो रिसोर्टमा आगो लागेपछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीको कारण अझै स्पष्ट नभएको प्रहरीले जनाएको छ। यद्यपि प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट सर्किटका कारण आगो लागेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM