एस.एम. यादव
सिरहा, साउन २१
सिरहाको नरहा गाउँपालिका–४ बर्छावामा अवस्थित श्री पाण्डव यादव स्मृति प्रतिष्ठानले यस वर्षको एसईई परीक्षामा A+, A र B+ ग्रेड ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ।

प्रतिष्ठानले आयोजना गरेको विशेष समारोहमा नरहा र विष्णुपुर गाउँपालिकाका सामुदायिक तथा निजी विद्यालयहरूबाट करिब ६० जना विद्यार्थीलाई खादा, टीका र सम्मानपत्र प्रदान गरी बधाईसहित सम्मान गरिएको हो।
कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष चन्द्रकला यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नरहा गाउँपालिकाका अध्यक्ष राम प्रमोद यादव प्रमुख अतिथि रहनु भएको थियो भने नरहा–४ का वडाध्यक्ष राम बिलेक्ष्ण यादव विशिष्ट अतिथि हुनुहुन्थ्यो।

कार्यक्रममा अन्य अतिथिहरूमा सरकारी वकिल दिप कुमार यादव, बलाजु दूध विकास केन्द्र, काठमाडौंका आयोजना प्रमुख गणेश कुमार यादव, जिल्ला हुलाकी कार्यालय सिरहाका प्रमुख तथा प्रतिष्ठानका उपाध्यक्ष राम किशोर महतो, कोषाध्यक्ष अनिता कुमारी यादव, सदस्य ॐ प्रकाश यादव लगायत स्थानीय विद्यालयका शिक्षक–शिक्षिकाहरू, सञ्चालकहरू र अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो।
समारोहमा जनता बनवाली नमुना मावि, बर्छावाका सहायक प्रधानाध्यापक राम बाबू यादव, जनता मावि, राजपुरका प्र.अ. अशेश्वर यादव, जनता मावि, लक्ष्मिपुरका प्र.अ. राम विनोद यादव, बुढानिलकण्ठ मावि, गोलबजारका सञ्चालक राम बरन यादव, बजरंग एकेडेमी, नरहाका सञ्चालक दिलीप यादव लगायतका व्यक्तिहरू सहभागी थिए।

कार्यक्रमको सञ्चालन शरण मावि, पानबारीका शिक्षक राम एकबाल यादवले गर्नुभएको थियो।
प्रतिष्ठानले शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीको हौसलावर्द्धन गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।









