अशोक यादव
रौतहट । रौतहटको गौरमा स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँ नगदसहित एक जना पूर्वराष्ट्रिय अनुसन्धानकर्मी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउत रहेका छन्। मंगलबार दिउँसो गौर भन्सार कार्यालयअगाडि सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा सवार राउतलाई रोकेर जाँच गर्दा रकम फेला परेको हो।

सशस्त्र प्रहरीका अनुसार राउतले रकम हेलमेटको भित्र भागमा लुकाएर ल्याउँदै थिए। उक्त रकमको कुनै प्रमाण वा स्रोत नदेखाएकोले सशस्त्र प्रहरी बल नम्बर ११ गणले उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाएको जनाएको छ।









