२०८२ फाल्गुन २० गते बुधबार

मोडेल कलेज अफ टेक्निकल एजुकेसन, बिरगंजमा स्वागत कार्यक्रम सम्पन्न

म.रेयाज हुसेन

वीरगञ्ज, पर्सा — मोडेल  कलेज अफ टेक्निकल एजुकेसन, वीरगञ्ज छपकैयामा प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्न एक भव्य तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

दीप प्रज्वलन।

कार्यक्रमको प्रारम्भ राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुआत गरिएको थियो।

नयाँ विद्यार्थीहरूलाई खादा ओढाएर स्वागत गरियो, जसले उनीहरूमा आत्मीयता र सम्मानको भावना उत्पन्न गर्‍यो।

 

सांस्कृतिक कार्यक्रम अन्तर्गत गीत, नृत्य, कविता लगायत विविध प्रस्तुति राखिएको थियो।
कार्यक्रमको विशेष आकर्षण भने म. रेयाज हुसेन र रतन साहको हास्य अभिनय रह्यो, जसले उपस्थित सबैलाई हँसाएर मन्त्रमुग्ध बनायो।

हाँस्यात्मक अभिनय गर्दै।

कार्यक्रमको सभापतित्व कुनाल किशोर मिश्रले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा महेश प्रसाद सहभागी हुनु भएको थियो।
कार्यक्रम संयोजक सचितानन्द कुशवाहा थिए र आयोजनामा दोस्रो वर्षका विद्यार्थीहरूको सक्रियता देखिएको थियो।

कार्यक्रम सफल बनाउनमा पुजय , प्रविन, विशाल, साहिद,सुजित, र आशिष र प्रिन्स विशेष सहयोग रहेको थियो।

अतिथिहरूमा राम मनोहर तिवारी,प्रदीप पटेल, मनिष रौनियार , राहुल रौनियार ,नवीन खडका र रामहरि सरको उपस्थिति उल्लेखनीय रह्यो।

समग्रमा कार्यक्रम अत्यन्तै रौचक, अनुशासित र आत्मीय वातावरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM