२०८२ फाल्गुन १९ गते मंगलवार

जगरनाथपुर गाउँपालिकाको ४५ करोडभन्दा बढीको बजेट सार्वजनिक

वीरगन्ज, ९ असार: पर्साको जगरनाथपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड बढीको बजेट सार्वजनिक गरेको छ।

सोमबार जगरनाथपुर–४ सन्ठीस्थित विद्यालय प्रांगणमा आयोजित गाउँपालिकाको १३औं गाउँसभाको अधिवेशनमा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले ४५ करोड ४१ लाख १७ हजार ११ रुपैयाँ बराबरको अनुमानित आय–व्ययसहितको बजेट प्रस्तुत गरेका हुन्। त्यसअघि उनले आगामी वर्षका लागि नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरे।

( advertisement )

गाउँपालिकाको आगामी बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरू यस प्रकार छन्:
संघीय समानीकरण अनुदानबाट १० करोड ५६ लाख, संघीय सशर्त अनुदानबाट १८ करोड ३ लाख, संघीय विशेष अनुदानबाट २ करोड ८९ लाख, संघीय राजस्व बाँडफाँडबाट ८ करोड ८२ लाख २८ हजार, प्रदेश समानीकरण अनुदानबाट ७३ लाख ४१ हजार, प्रदेश सशर्त अनुदानबाट ८० लाख, प्रदेश विशेष अनुदानबाट ३० लाख, प्रदेश समपूरक अनुदानबाट २० लाख, प्रदेश राजस्व बाँडफाँडबाट ८० लाख तथा गाउँपालिकाको आन्तरिक स्रोत तथा बैंक मौज्दातबाट २ करोड ५५ लाख रुपैयाँ रहेको छ।

Advertisement

बजेट प्रस्तुत गर्दै अध्यक्ष यादवले कृषितर्फ ७५ लाख, शिक्षातर्फ १ करोड ६३ लाख ४७ हजार, पशु सेवातर्फ १० लाख ५० हजार, स्वास्थ्यतर्फ १ करोड ६० लाख ५८ हजार, सामाजिक विकासतर्फ १ करोड, गाउँपालिकाको कार्यालय सञ्चालन तथा चालु खर्चतर्फ १० करोड ५८ लाख र वडा कार्यालयमार्फत सञ्चालन हुने बजेटतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराए।

गाउँसभालाई प्रमुख अतिथि पूर्व उद्योगमन्त्री तथा पर्सा–४ का सांसद रमेश रिजालले सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा कुनै कमी नगर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे। साथै, उनले विकास र जनताको सेवाका सवालमा राजनीति नगर्न पनि सचेत गराए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM