२०८२ फाल्गुन २० गते बुधबार

मेयर चौहान द्धारा १००४ मिटर सडक ढलानको सिलन्यास ,पोखरियामा विकासको लहर, सर्वत्र चर्चा

शैलेश गुप्ता ०६ जेष्ठ पोखरिया

पोखरिया नगरपालीकामा विकासको लहर चलेको सर्वत्र चर्चा नै चर्चा रहेको स्थानीयले बताएका छन । पर्साको १४ वटा स्थानीय तह मध्ये पोखरिया नगरपालीका मै विकासको लहर नै लहर रहेको स्थनीयहरुको भनाई रहेको छ ।

पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा आज पोखरियाका मेयर प्रदुमन प्रसाद चौहान र उप मेयर रुवी कुमारी ठाकुरले सँयुक्त सँघ सरकारको रु २ करोड ८० लाखको लागतमा १हजार ४ मिटर लम्बाई र ६ मिटर चौडाई सडक ढलान तथा कालो पत्र र ३९४ मिटर नाला निर्माणको सिलन्यास गर्नु भएको छ ।

रु रु कन्सट्रक्सनले सकार गरेको ठेकाको निर्माण कार्य कमल मुखिया विनको घर देखी नहर हुदैँ कालो पत्र, लक्ष्मण सिँह ख्वासको घर देखी राधाकृष्ण मन्दिर सम्म कालो पत्र , दलित बस्ती निर रहेको मस्जिद देखी स्लैब कलभर्ट सम्म र मन्सुर मियाको घर देखी नहर हुदै ग्राभेल रोड सम्म ढलान हुने छ ।

सिलन्यास कार्यक्रममा बोल्दै मेयर चौहानले ठेकेदारको निर्माण कार्य हुदा स्टिमेट अनुसारको काम गर्न ठेकेदारलाई निर्देशन दिदै निर्माण कमपनीले समयमा काम सम्पन्न गर्ने छ । भनी विस्वास लिएको मेयर चौहानले बताए । निर्माणको काम काजमा ठेकेदार वा निर्माण कमपनीले लापरवाही कर्दा कडा कार्वाही गर्ने बताए । सथै निर्माणकार्यको निगरानी गर्ने स्थानियहरु सित आग्रह पनी गरेका हुन ।

वडा नम्बर ५ को वडा अध्यक्ष महेन्द्र महतो चाईको अध्यक्ष्तामा भएको सडक ढलान ,सडक कालो पत्र र नाला निर्माणको सिलन्यास कार्यक्रको प्रमुख अतिथी पोखरिया नगरपालीकाको मेयर प्रदुमन प्रसाद चौहान , उप मेयर रुवी कुमारी ठाकुर , प्रमुख प्रसासकिय अधिकृत रामविन्य कुमार सिँह, ईनिजिनियर सुमित प्रसाद यादव , अखिलेस प्रसाद चौरसिया , ज्ञानेन्द्र यादव, ह्रिदयालाल साह ,लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM