अशोक यादब
रौतहट । रौतहटको कटहरिया नगरपालिका–४ टोलापुरमा एक १४ वर्षीया किशोरीले आत्महत्या गरेकी छिन्। स्थानीय प्रियांका दासले आफ्नै घरमा झुंडिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कटहरियाबाट टोली घटनास्थलमा पुगेको थियो। कार्यालय प्रमुख वरिष्ठ सई विनोद राना मगरले किशोरीको मानसिक अवस्था सामान्य नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन्।
मृतक दासको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको सई मगरले जानकारी दिए।
स्थानीयका अनुसार प्रियांका श्री जनता माध्यमिक विद्यालय, कटहरियामा अध्ययनरत थिइन्।









