अशोक यादव
रौतहट । रौतहटको राजपुर नगरपालिका–३ डमार पोखरीयामा बुधबार दिउँसो करेन्ट लागेर एक गर्भवती महिलाको ज्यान गएको छ।

मृत्यु हुनेमा ३५ वर्षीया गुल्नाज खातुन रहेको पाइएको छ। उनी सेख सपुरकी स्थायी बासिन्दा तथा मतिहुला गाउँकी बसाइसराई गरेकी श्रीमती हुन्। खातुनलाई करेन्ट लागेपछि तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।

पीडित परिवारका अनुसार दिउँसो साढे ३ बजेतिर मोबाइल चार्ज गर्न खोज्दा करेन्ट लागेर घटनास्थलमै बेहोस भएकी थिइन्। खातुन १५ वर्षअघि मुस्लिम परम्पराअनुसार विवाह गरेकी थिइन् र उनका तीन सन्तान छन्।









