२०८२ फाल्गुन २० गते बुधबार

गरुडा नगरपालिकाद्वारा कृषकका सिँचाइ मिटर बक्यौता भुक्तानी

अशोक यादव

रौतहट। गरुडा नगरपालिकाले वडा नं. १ देखि ८ सम्मका कृषकहरूले प्रयोग गर्दै आएका कृषि सिँचाइ मिटरहरूको बक्यौता रकम नेपाल विद्युत प्राधिकरण गौरलाई भुक्तानी गरेको छ। नगरपालिकाले एकमुष्ट रुपमा रु. १०,३२,४७९ तिरेको हो।

Advertisement

नगरप्रमुख कन्थमणी प्रसाद जयसवालका अनुसार, यो भुक्तानी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम अन्तर्गत गरिएको हो। यस अन्तर्गत अघिल्ला वर्षहरूदेखि बाँकी रहेका सम्पूर्ण बक्यौता समेटिएको छ।

“कृषकहरूको हक–अधिकार सुनिश्चित गर्दै नगरपालिकाको सेवा प्रवाहमा पारदर्शिता कायम राख्नु हाम्रो दायित्व हो,” नगरप्रमुख जयसवालले बताए। उहाँले किसानमुखी योजनाहरूलाई निरन्तरता दिँदै सिँचाइ सुविधा, कृषि उत्पादनमा प्रविधिको प्रयोग, र सहज ऊर्जा पहुँच विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement
Advertisement

नगरपालिकाले यसअघि पनि विद्युत पोल जडान, सिँचाइ नहर सुधार, र कृषि उपकरण वितरणजस्ता कार्यहरूलाई प्राथमिकता दिँदै आएको छ।

स्थानीय किसानहरूले समयमै भुक्तानी भएसँगै सिँचाइमा अवरोध नआउने विश्वास व्यक्त गर्दै नगरपालिकाको यस कदमको स्वागत गरेका छन्। उनीहरूका अनुसार यस्तो पहलले कृषिमा आत्मनिर्भरता र दीगो उत्पादन प्रणालीको प्रवर्द्धनमा सहयोग पुग्नेछ।

Advertisement
Advertisement

गरुडा नगरपालिकाको यो प्रयास देशका अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणादायी उदाहरण बन्न सक्ने देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM