२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटमा सानो वर्षामै सडक बन्द, स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य

अशोक यादव 

रौतहट । रौतहटमा हल्का वर्षाले पनि सडक आवागमन प्रभावित हुने स्थिति निरन्तर दोहोरिँदै आएको छ। आइतबार परेको सानो पानीले समेत विभिन्न स्थानमा यात्रुहरूलाई जोखिम मोलेर यात्रा गर्न बाध्य बनाएको देखिएको छ।

Advertisement
Advertisement

गुजरा नगरपालिका अन्तर्गत बालचनपुर–जंगलसैया सडकखण्डमा पर्ने भवानीपुर र परसवा जोड्ने पुल निर्माण नहुनु यस समस्याको मूल कारण बनेको छ। पुल अभावका कारण वर्षा लाग्नासाथ यात्रुहरू जोखिमपूर्ण तरिकाले आवतजावत गर्न बाध्य छन्।

Advertisement

स्थानीयवासीहरूका अनुसार हल्का वर्षामै यस्तो अवस्था हुने हो भने भारी वर्षामा ज्यानको समेत जोखिम हुने सम्भावना बढेको छ। बर्षायाममा सधैंजसो यस्तो समस्या भोग्दै आएको र विकासका नाममा आउने बजेट ठेकेदार र जनप्रतिनिधिको लापरवाहीका कारण खर्चमात्र हुने तर परिणाम शून्यजस्तै हुने गुनासो उनीहरूको छ।

“हामी हरेक वर्ष यस्तो समस्या भोगिरहेका छौं। सानो पानी पर्दा नै बाटो बन्द हुन्छ, पुल नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्छ। अब त सरकार र सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्छ,” एक स्थानीयले आक्रोश पोखे।

स्थानीयहरू प्रभावित क्षेत्रको स्थायी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउँदै यथाशीघ्र पुल निर्माण प्रक्रिया अघि बढाउन माग गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM