२०८२ फाल्गुन १९ गते मंगलवार

सडक दुर्घटनामा छिपहरमाईका दुई युवकको ज्यान गयो

वीरगञ्ज, ३० जेठ — वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा शुक्रबार बिहान भीषण सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मृतकहरूमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र विजय यादव रहेका छन्। उनीहरू सवार मोटरसाइकल (बा.प्र. ०३-००४ प ८६१२) बिहान ५ बजेतिर सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै गर्दा सडकमा बिग्रिएर रोकिराखिएको भारतीय नम्बर प्लेटको ट्रक (एचआर ५५ के ३९७१) मा पछाडिबाट ठोक्किएको थियो।

Advertisement

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए। उपचारका लागि नारायणी अस्पताल लगिएका रामाकान्त र विजयको उपचारका क्रममा मृत्यु भएको हो।

Advertisement
Advertisement

घाइते अर्का २२ वर्षीय विजयकुमार यादवको अवस्था गम्भीर रहेको र हाल नारायणी अस्पतालमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए। उनका अनुसार विजयकुमारको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

दुर्घटनापछि ट्रकका चालक भने घटनास्थलबाट फरार भएका छन् र प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM