२०८२ फाल्गुन १९ गते मंगलवार

सांसद विनोद चौधरी र रिंकु सिंहबीच शिष्टाचार भेट, सीमा क्षेत्रमा सहकार्यको प्रतिबद्धता

बर्दघाट । नवलपरासी निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद विनोद चौधरी र भारत, बिहार प्रदेश अन्तर्गत पश्चिमी चम्पारण जिल्लाका बाल्मीकिनगर विधानसभा क्षेत्र नं. १ का प्रदेश सांसद धिरेन्द्र प्रताप सिंह (रिंकु) बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

Advertisement

बर्दघाट–बेलहानीस्थित सांसद चौधरीको सचिवालयमा भएको भेटघाटमा दुवै सांसदले आपसी समन्वयमा सीमा क्षेत्रको विकास र द्विपक्षीय सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement

भेटका क्रममा सांसद चौधरीले नारायणी नदी र गण्डक क्षेत्रसँग सम्बन्धित विविध समस्या समाधानमा भारतीय पक्षको सहयोग आवश्यक रहेको भन्दै सांसद सिंहसँग सहकार्यका लागि आग्रह गर्नुभयो। जवाफमा सांसद सिंहले आफू सधैं सकारात्मक रूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

दुवै नेताहरूले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रको समग्र विकासमा सहकार्य गर्ने स्पष्ट संकेत दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM