२०८२ फाल्गुन १९ गते मंगलवार

पत्रकार ओपेन्द्र बस्नेत “वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार” बाट सम्मानित

दाङ, २२ जेठ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले दाङका पत्रकार ओपेन्द्र बस्नेतलाई “वातावरण प्रवर्द्धन  पत्रकारिता पुरस्कार“बाट सम्मान गरेको छ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित एक विशेष समारोहमा बस्नेतलाई पत्रकारितामार्फत वातावरण संरक्षणमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो ।

Advertisement

पत्रकार बस्नेतलाई नगद ५० हजार सहित प्रमाणपत्रले वन तथा वातावरण राज्यमन्त्री रूपा बिकले सम्मान गर्नु भएको हो ।सम्मान ग्रहणपछि बोल्दै बस्नेतले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउँदै यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र वातावरण संरक्षणका मुद्दाहरूलाई अझ सशक्त रूपमा उठाउने प्रेरणा मिलेको बताउनुभयो ।

Advertisement

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनु भएका पत्रकार बस्नेत बस्नेत हाल दाङको तुलसीपसुरमा रहेको रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर, तुलसीपुर खबर डटकमका प्रकाशक एवं सम्पादक तथा राजधानी दैनिकका दाङ प्रतिनिधिका रूपमा क्रियाशील हुनुहुन्छ । यसअघि उहाँले रेडियो नेपाल, नेपाल एफएम, नयाँ युगबोधन दैनिक पत्रिका, रातोपाटी, रेडियो मध्यपश्चिमजस्ता प्रतिष्ठित सञ्चारमाध्यममा काम गरिसक्नु भएको छ । पछिल्लो समय पत्रकारिता क्षेत्रमा नेतृत्वको दृष्टिकोणले नेपाल पत्रकार महासंघ दाङको उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँको यात्रा केवल समाचार लेखन र प्रसारणमा मात्र सीमित नभइ सामुदायिक वन, खानेपानीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामुदायिक विकासमा समेत योगदान पुर्याउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM