२०८२ फाल्गुन १९ गते मंगलवार

पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

शैलेश गुप्ता, २१ जेठ,

पोखरिया । पर्साको पोखरिया नगरपालिकाको सभाहलमा ३ दिने नमूना स्थानीय तह युवा संसद अभ्यास कार्यक्रम तथा नमूना युवा नगर सभा २०८२ सम्पन्न भएको छ।

मधेश प्रदेश सरकार अन्तर्गतको खेलकूद तथा समाज कल्याण मन्त्रालय जनकपुरधामको आयोजना, पोखरिया नगरपालिकाको समन्वय तथा प्रदेश युवा सञ्जाल मधेश प्रदेश, जनकपुरधामको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

Advertisement
Advertisement

कार्यक्रममा पोखरिया नगरपालिका वडा नं. १ देखि १० सम्मका २५ जना युवा–युवतीहरूको सहभागिता रहेको थियो।
संसद सदन र स्थानीय तहको सम्बन्धमा प्रशिक्षक राम रतन र नईम रैनले तीन दिनसम्म प्रशिक्षण दिएका थिए।

Advertisement

कार्यक्रममा सहभागी युवाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।उक्त कार्यक्रम प्रदेश युवा सञ्जालका संयोजक नईम रैनको अध्यक्षतामा सम्पन्न भएको थियो भने पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहान प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा उप–प्रमुख रूबी कुमारी ठाकुर, पूर्व उप–प्रमुख सलमा खातून, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM