२०८२ फाल्गुन १९ गते मंगलवार

चन्द्रपुरमा ट्रक र यात्रुबहाक गाडी ठोक्किँदा दुईजनाको मृत्यु, दुई घाइते

अशोक यादव

रौतहट, जेठ २१ – रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबहाक गाडी र मालबाहक ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको विद्युतिय ‘सोकोन’ गाडी र विपरीत दिशाबाट आइरहेको ट्रक ठोक्किँदा सर्लाही रामनगर–१ खैरवाकी ३६ वर्षीया भगिया देवीको घटनास्थलमै मृत्यु भएको हो।

त्यसैगरी, सोही दुर्घटनामा गम्भीर घाइते भएका सर्लाही रामनगर–१ का ३० वर्षीय धिरेन्द्र ठाकुरको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा १८ वर्षीया रानी कुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। उनीहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको जनाइएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुर हेटौंडा–१३ का ग्याल्सेन थोकर र सोकोन गाडीका चालक सर्लाही रामनगर–३ का आकाश सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM