२०८२ फाल्गुन १९ गते मंगलवार

नयाँ कमला पुलको माग गर्दै जनकपुरधाम्मा युवाहरु पुनः आन्दोलित ।

नरेशचन्द्र बरबरिया

सिरहा जेठ २१ गते । सिरहा र धनुषा जिल्ला जोड्ने नयाँ कमला पुलको निर्माणको माग गर्दै जनकपुरस्थित प्रदेश सभा भवन अगाडि युवाहरूले धर्ना दिएका छन्।
धर्नामा सहभागी युवाहरूले नयाँ कमला पुल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा छुट्टै शीर्षक बनाएर विनियोजन गर्न माग गरेका छन्। उनीहरूको भनाइमा वर्षौंदेखि जीर्ण अवस्थामा रहेको कमला पुल जोखिमपूर्ण बन्दै गइरहेको छ र त्यसको अविलम्ब पुनर्निर्माण नहुदा दिनहु दुर्घटनाको सम्भावना रहेको बताएका छन ।
धर्नामा सहभागीहरू व्यानर सहित प्रदर्शन गर्दै ‘कमला पुल बनाउ, जनताको माग सुन’ जस्ता नाराहरू पनि लगाइरहेका थिए।
उनीहरूले प्रदेश सरकार र संघीय सरकार दुबैलाई नागरिकको जीवनसँग सम्बन्धित पूर्वाधार विकासमा गम्भीर बन्न आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM