२०८२ फाल्गुन १९ गते मंगलवार

कमला पुलको विषयमा बजेट नआए अनशनमा बस्ने : वडाअध्यक्ष माे.शमशाद

सिरहा , जेठ १९ गते । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १४ वर्षदेखि निर्माणाधीन कमला पुल नबन्दा जनतालाई सस्ती भोग्नु परेको छ। कमला नदीमा नयाँ पुल निर्माणको माग तीव्र रूपमा उठिरहेका बेला सिरहा नगरपालिका -४ का वाडा अध्यक्ष माे.शमशादले अनशन बस्ने स्पष्ट चेतावनी दिएका छन्।

वाडा अध्यक्षका अनुसार “यदि मधेश प्रदेश सरकारका मुख्यमन्त्रीले कमला पुलका लागि बजेट छुट्याएनन् भने हामी अनशनमा बस्न बाध्य हुनेछौं।” उनले भने प्रदेश र संघ सरकारका मन्त्रीहरूले कमला पुल निरिक्षण गरेर स्टन्ट गर्ने गरेको तर समस्या यथावत् नै छ । यो विषयलाई केवल राजनीतिक आश्वासनमा सीमित नराखी ठोस कार्यान्वयनमा लैजान दबाब सिर्जना गर्न आफु सहितका मान्छेहरू लिएर अनशनमा बस्ने मोडमा पुगेको बताउँछन्। संघीय सरकारले बेवास्ता गरेपछि अब प्रदेश सरकारले जिम्मेवारी लिने नतिजा नआए, आन्दोलन गरेर अनसनमा बस्ने समय आएको बताए। ”

                                    Advertisement

गत वर्ष अनशन बसेका सिरहाका युवाहरुसँग मधेस प्रदेश सरकारले कमला पुल यथाशीघ्र सम्पन्न गर्न केन्द्रीय सरकारसँग ठोस् पहल गर्ने सहमति भएको थियो। तर, त्यो पालना नै भएन।

समयमै पक्की पुल सम्पन्न गर्न आफूहरूले पटक–पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको सिरहाका स्थानियहरु दुखेसो पोख्छन्।

                                      Advertisement

यसबीचमा गृहमन्त्री रमेश लेखकले गत शुक्रबार कमला पुलको स्थलगत निरीक्षण गरेका थिए। उनले पुल निर्माणमा राज्यको कमजोरी भएको स्वीकार गर्दै अहिलेको सरकार यसप्रति गम्भीर रहेको बताउँदै पुल पुनःनिर्माण यथाशीघ्र गराउन आफूले पहल गर्ने बताएका थिए।

तराई–मधेसको ‘लाइफ लाइन’ का रूपमा हेरिएको हुलाकी सडक मधेस–प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM