अशोक यादव
रौतहट । आम जनता पार्टीका युवा नेता रवीन्द्र यादवले सत्यको पक्षमा हिड्नेलाई कसैले चाहेर पनि पराजित गर्न नसक्ने बताएका छन्।
सत्य अहिलेसम्म पराजित नभएको बताउँदै उनले सत्य एकछिनको लागि हैरान हुन् सक्छ तर पराजित हुन् नसक्ने बताए ।
गरुडा नगरपालिका -६ मा आज आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै आजपा नेता रवीन्द्र यादवले आफू जहिले नी सत्यको पक्षमा रहने गरेकोले आफूलाई कसैले चाहेर पनि परास्त गर्न नसक्ने बताएका हुन्।

भगवान राम सत्यको पक्षमा रहँदा उनको जीत भएको र रावण असत्यको पक्षमा रहँदा उनको हार भएको उदाहरण दिँदै उनले सत्यको पक्षमा रहनेलाई कसैले बालबाका पनि बिगार्न नसक्ने बताए ।
धेरै शक्तिशाली र घमंडी रहेको रावणको पनि घमण्ड राम सामु टिक्न नसकेको इतिहास सुनाउँदै उनले भने कल्युगको रावणको घमण्ड पनि बढी दिन टिक्न सक्दैन ।
आफू गरुडा नगरपालिकाका गरिव, लाचार, कमजोर र विपन्न वर्गको नागरिकको हरेक सुख दुःखमा साथ दिँदै उनीहरूको सहारा बन्दा यहाँका केही नेताहरुको टाउको दुख्न थालेको उनले बताए।
आफू समाज र गरिव नागरिकको लागि केही नगर्नेहरु आफू

समाजसेवा गर्दा आफ्ना विरुद्ध विभिन्न षड्यन्त्र रचेको उनले बताए।
आफूले गरिवको सहारा बन्दा रावण प्रवृत्ति भएका, सधैं गरिवमाथि दमन, शोषण र साशन गर्दै आएका केही विपक्षीहरु आतिएर आफ्ना राजनीति नै सिध्याइदिने दाउमा लागेको उनले बताए।
आफू एक गरिव किसानको छोरा समाजको लागि केही योगदान गर्छु भनी राजनीतिमा लाग्दा केही सामन्त एवं पूँजीवाद नेताहरुको निद्रा नै हराम भएको उनको भनाई छ।

उनले भने, के यो देशमा मात्र पूँजीपति वालाको छोरा छोरी राजनीति गर्न पाउँछन् त, गरिबका छोरा छोरी राजनीति तथा समाज सेवा गर्नै नपाउने हो त ?
धन, पावर, बल, पैसाको घमण्ड गरेर उनीहरू आफ्ना विरुद्ध लागेको उनको भनाइ छ।
अरूको ताकत पैसा र धन भएपनि आफ्नो ताकत तिनै गरिव लाचार जनता नै रहेको उनले बताए।

पैसा, धन र हतियार भन्दा पनि शक्तिशाली जनता रहेको तथा तिनै जनता आफूसँग रहेकोले आफू कसैसँग नडराउने उनले बताए ।
आफ्ना विरुद्ध जसले जति ताकत लगाएपनि आफू गरिव जनताको सेवा गर्न कहिल्यै पछि नहट्ने उनले बताए।
धन, शक्ति, पावर र पैसाको दम्भ देखाएर गरिवमाथी दमन गर्नेहरू तिनै गरिवको एक एक मतबाट निर्वाचित भएको कुरा स्मरण गर्न उनले सुझाए ।
गरिवको मत लिएर निर्वाचित हुनेहरू तिनै गरीवमाथि अन्याय गर्दा भगवानले उनीहरुलाई कहिल्यै माफ नगर्ने उनले बताए।

गरिवको मतबाट जितेर गरिवलाई हेप्ने, दमन शोषण गर्ने नेतालाई २०८४ को निर्वाचनमा नराम्ररी पराजित गर्न उनले सबैलाई आग्रह गरे ।
गरिवको पीडा एक गरिबले मात्र बुझ्न सक्छ धनीले कहिल्यै बुझ्न नसक्ने उनको भनाइ छ।
ठूला महल र ऐसीमा बस्नेहरू गरिवको पीडा कहिल्यै नबुझ्ने भएकोले जनताको पीरमर्का बुझ्ने गरिवको छोरा छोरीलाई मात्र निर्वाचनमा मतदान गर्नुपर्ने उनको धारणा छ।
लठ्ठैत पालेर गरीवमाथी अत्याचार गर्ने नेतालाई आगामी निर्वाचनमा नराम्ररी पराजित गरी सबक सिकाउनु पर्ने उनले धारणा राखे ।
गरिव जन्ता माथि दमन, शोषण गर्नेहरू आफैं समाप्त भएर जाने समेत उनले चेतावनी दिए ।
गरुडा नगरपालिकाका अधिकाँश जनता आफूलाई अपार साथ र सहयोग गर्ने गरेकोले उनीहरूको चाहना पूरा गर्न आफू रातदिन लागेर पनि जनताको लागि काम गरिरहेको उनले उल्लेख गरे।










