मेवालाल यादव
रौतहट । हाल रौतहटमा चर्को गर्मीको कारण जनजीवन प्रभावित भइरहेका बेला रौतहट क्षेत्र -२ ( क ) का जनमत पार्टीका प्रदेशसभा सदस्य पदका उम्मेदवार मोहम्मद आलम उर्फ बाबू साहेबले स्थानिय बासिन्दाहरूप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रका जनतालाई सम्बोधन गर्दै आलमले भने, “गर्मी निकै बढेको छ। कृपया घरबाहिर ननिस्कनुहोस्, अत्यावश्यक परेमा मात्र बाहिर जानुहोस् र प्रशस्त पानी पिउनुहोस्।”
उनले वृद्ध, बालबालिका र बिरामी व्यक्तिहरू विशेष सतर्क रहनुपर्ने बताएका छन्। साथै, स्थानीय स्वास्थ्य चौकीहरूसँग समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन्।
गर्मीको प्रभावले विद्यालयहरू, सार्वजनिक सेवाहरू र दैनिक जनजीवनमा कठिनाइ बढ्दै गएको छ। स्थानीय प्रशासनले पनि हीट स्ट्रोक लगायतका स्वास्थ्य समस्याबाट बच्न सचेत रहन सुझाव दिएको छ।









