२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटका ९ जना नेता तथा पत्रकार माथि लगाइएको मुद्दामा अदालतको सफाइ

मेवालाल यादव

रौतहट । गौर राइस मिल घटनालाई अतिरञ्जित गर्दै पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विरुद्ध नाराजुलुस गर्ने आरोपमा रौतहटका विभिन्न नेता तथा पत्रकार हरूमाथि आजपा अध्यक्ष प्रभु साहले दायर गरेका मुद्दामा जिल्ला अदालत, रौतहटले फैसला सुनाएको छ। अदालतले सबै ९ जना अभियुक्तलाई सफाइ दिएको छ।

सफाइ पाउने नेता तथा पत्रकारहरुमा पत्रकार मेवालाल यादव, पूर्व सांसद रामकिशोर प्रसाद यादव, पूर्व मन्त्री योगेन्द्र यादव, हालका मन्त्री सुनिल यादव, युवा नेता बृज यादव , पुर्व जिल्ला अध्यक्ष श्याम बिहारी यादव , पत्रकार साजन यादव , जानकी टेलिभिजन लगायत अन्य नेता समावेश छन्।

संयुक्त विरोध सभाको समापन भाषणको क्रममा आरोपित गरिएका नेताहरूले आजको अदालती निर्णयलाई न्यायको विजय भनेका छन्।

उनीहरूले जिल्ला अदालत रौतहटप्रति आभार प्रकट गर्दै कानुनी बहसमा योगदान दिने अधिवक्ताहरू – डा. सुनिल रंजन सिंह, लालबाबु यादव, अनोज यादव, राजाराम यादव, र अनिरुद्ध बैठालाई विशेष धन्यवाद दिएका छन्।

सफाइ पाएका नेताहरूका अनुसार यो फैसला अन्यायविरुद्धको सङ्घर्षमा महत्वपूर्ण मोड हो र उनीहरूले अझै लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM