२०८२ फाल्गुन १९ गते मंगलवार

नेपाल भेटेरिनरी एशोसिएसन, मधेश प्रदेशका नव निर्वाचित पदाधिकारीहरूलाई सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

श्रवण  साह

वीरगञ्ज, २०८२ जेष्ठ १०, शनिबार — नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ, वीरगञ्ज शाखा (NVMA Birgunj) र एशोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर (AVP), पर्साको संयुक्त आयोजनामा नेपाल भेटेरिनरी एशोसिएसन (NVA), मधेश प्रदेशका नव निर्वाचित पदाधिकारीज्यूहरूलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व AVP का अध्यक्ष श्री कमलेश गुप्ताले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा पशु क्वारेन्टिन कार्यालय, वीरगञ्जका प्रमुख डा. राकेश मोहन सिंहज्यूको उपस्थिति रहेको थियो। विशिष्ट अतिथि डा. हरेराम यादव (प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बारा), विशेष अतिथि डा. अजित झा (वरिष्ठ वैज्ञानिक, NARC, परवानीपुर, बारा) तथा अन्य विशिष्ट व्यक्तिहरूको समेत गरिमामय उपस्थिति रहेको थियो।

अन्य विशिष्ट अतिथिहरूमा विरगञ्ज भेट फर्माका संचालक श्री अमन गुरुवाचार्य, लक्ष्मी भेटेरिनरीका संचालक श्री नारायण गुरुङ, AVP का संस्थापक अध्यक्ष श्री बैजुलाल गुप्ता, डा. पुष्पेन्द्र शाह (पूर्व सचिव, NVA मधेश प्रदेश), डा. हेमचन्द्र जैसबार (अधिकृत, पीएमपि, बारा), डा. कमरुल्लाह अन्सारी (वरिष्ठ पशु चिकित्सक), र डा. भरत शाह (अधिकृत, क्वारेन्टिन कार्यालय, वीरगञ्ज) समेत रहेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य NVMA वीरगञ्ज शाखाका अध्यक्ष श्री अनिल कुमार पटेलले राख्नु भएको थियो। कार्यक्रममा बारा–पर्साका सम्पूर्ण भेटेरिनरी चिकित्सक, पशु प्राविधिक तथा NVMA Birgunj शाखाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा नव निर्वाचित पदाधिकारीहरूलाई आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरिनुका साथै भेटेरिनरी समुदायबीचको एकता, सहकार्य र समर्पणको भावना अझ सुदृढ बनाउने प्रेरणा मिलेको सहभागीहरूले बताए।

यस सम्मान समारोहले भेटेरिनरी व्यवसाय र समुदायमा उत्साह, एकता र प्रेरणा थप्ने कार्य गरेको छ। यस्ता प्रेरणादायी क्षणहरू पुनःपुनः सृजना होउन् भन्ने शुभकामनासहित सम्पूर्ण सहभागीप्रति आयोजक संस्थाहरूले धन्यवाद एवं आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM