२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटको ब्यारेक क्षेत्रमा फोहोरको समस्याले शैक्षिक संस्थामा असर

अशाेक यादब ।बैशाख ८
जिल्ला प्रहरी कार्यालय रौतहटको ब्यारेक क्षेत्र वरिपरि फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदूषित बन्दै गएको छ। फोहोर खुलेआम थुपारिँदा नजिकै अवस्थित ओम शान्ति र शिक्षालय जस्ता शैक्षिक संस्थाहरूको पठनपाठन वातावरणमा प्रतिकूल असर परेको स्थानीयहरूले बताएका छन्फोहोरको दुर्गन्ध, झिँगा, लामखुट्टे र रोग फैलाउने कीटपतंगको वृद्धिले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पार्न थालेको हो । स्वास्थ्यकर्मीहरूका अनुसार यस्तो अवस्थामा झाडापखाला, डेंगु, स्क्रब टाइफस लगायत सरुवा रोगहरू फैलिने उच्च सम्भावना हुनसक्छ ।

स्थानीय बासिन्दाहरूले पटक-पटक सरोकारवाला निकायहरूलाई जानकारी गराउँदा समेत समस्या समाधान नभएको गुनासो गरेका छन्। स्थानीय तह, नगरपालिका र स्वास्थ्य कार्यालयहरूको ध्यान नजाँदासम्म समस्या झनै जटिल बन्दै गएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको वातावरणीय स्वास्थ्य शाखा र रोग निगरानी शाखाले यस्तो अवस्थामा सक्रिय अनुगमन गर्नुपर्ने भएपनि हालसम्म कुनै ठोस पहल भएको छैन।

स्थानीयले अब सामूहिक रूपमा सरसफाइ अभियान सञ्चालन गर्ने र सम्बन्धित निकायमा दबाब दिन योजना बनाइरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM