२०८२ फाल्गुन १९ गते मंगलवार

गरुडा नगरप्रमुख जयसवालद्वारा २२ छात्रालाई साइकल र स्कुल सामग्री वितरण

अशोक यादव बैशाख ७, रौतहट 
रौतहटको गरुडा नगरपालिका–८, बसबिट्टी जिङ्गडियास्थित रामचन्द्र माध्यमिक विद्यालयका २२ जना छात्राहरूलाई आज साइकल तथा स्कुल ब्याग वितरण गरिएको छ।नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले विद्यालय परिसरमै आयोजित एक कार्यक्रममार्फत छात्राहरूलाई साइकल र ब्याग हस्तान्तरण गरेका हुन्।विद्यार्थीहरू समयमै विद्यालय पुग्न सकून् र आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको मेयर जयसवालले बताए।त्यसैगरी, विद्यालयमा विद्यार्थीहरूको पठनपाठन सहज बनाउनका लागि बेन्च, डेस्क पनि उपलब्ध गराइएको छ।

नगर प्रमुख जयसवालका अनुसार विद्यालयहरूमा शैक्षिक सामग्री तथा पूर्वाधार अभावको चौतर्फी गुनासो आएपछि नगरपालिकाको तर्फबाट आवश्यक सामग्री वितरण सुरु गरिएको हो।“शिक्षामा गुणात्मक सुधार ल्याउन नगरभित्रका हरेक विद्यालय अनुगमन गरी आवश्यकता अनुसार साइकल, ब्याग, बेन्च, डेस्क जस्ता सामग्री उपलब्ध गराउँदै आएका छौँ,” मेयर जयसवालले भने।

उनले शिक्षकको अभाव भएका विद्यालयहरूमा नगरपालिकाले शिक्षक समेत पठाउने गरेको जानकारी दिँदै, विद्यार्थीको सिकाइमा कुनै अवरोध नआओस् भन्ने लक्ष्यसहित काम गरिरहेको बताए।साथै उनले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको पनि बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM