बाजुरा , जेष्ठ ६ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा करेन्ट लागेर २ बाख्रा मरेका छन् । मंगलवार गाउँपालिकाको वडा नम्बर ५ मा करेन्ट लागेर सोही ठाउँ बस्ने राम बहादुर बुढथापाका २ बाख्रा मरेका हु्न् । आज बिहान १० बजेतिर जंगलमा बाख्रा चराउन लगेका थिए । सो समयमा कुवाडी खोलामा बिजुलीको पोलमा सपोट गर्न राखिएको तारबाट अचानक करेन्ट लागेर २ बाख्रा मरेको प्रहरीले जनाएको छ ।









