२०८२ फाल्गुन १९ गते मंगलवार

समाजवादी द्वारा दश बुँदे माग सहित ज्ञापन पत्र

बाजुरा , जेष्ठ ४ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ललाई नेकपा एकिकृत समाजवादी हिमाली गाउँ कमिटीले आइतबार दश बुँदे ज्ञापन पत्र बुझाएको छ । हिमाली गाउँपालिकाका इन्चार्ज मानबहादुर मल्ल द्धारा हस्ताक्षरित दश बुँदे विकास निर्माण हुँदै पर्यटन, शिक्षा, स्वास्थ्य, पुर्वाधार लगायतका विषयमा ज्ञापन पत्र बुझाइएको छ ।

ज्ञापन पत्रमा पालिकाका सबै वडाका वस्तीहरुमा सडक लगायतका पुर्वाधार निर्माणलाई पहिलो प्राथमिकता राख्नुपर्ने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र जनमुखी बनाउन पुर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा उपकरण र निःशुल्क औषधी सहज रुपमा उपलव्ध गराउनु पर्ने, पालिकाका सबै घरधुरीमा नियमित रुपमा विजुली बत्ती प्रवाह गर्नुपर्ने माग उल्लेख गरिएको छ । यस्तै पत्रमा पालिकाबाट हुने सेवा प्रवाह पारदर्शी, निष्पक्ष र छिटो छरितो हुनुपर्ने, स्थानीय उत्पादनलाई बढवा दिए गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने, शिक्षाको गुणस्तर सुधारका लागि कक्षाकोठा व्यवस्थापन, शैक्षिक क्षेत्रमा लगानी बढाउनुपर्ने भनिएको छ ।

रारा र रानीसैनको आधार क्षेत्रका रुपमा रहेको धुलाचौरलाई बजारीकरण गरी रानीसैनलाई पर्यटकीय क्षेत्रको विकासका साथै सो क्षेत्रबाट निकासी हुने जडिबुटी संकलन करको दायरमा ल्याउनुपर्ने, खाद्य संस्थानबाट विक्री हुने खाद्यान्न पालिकाका नागरिकलाई सहजताको पहुँचमा ल्याउन पहल गर्नुपर्ने, योजना छनोटमा जनसहभागिता गराउनुपर्ने र सभ्य, अनुशासित समाज निर्माणका लागि कानुनी सचेतना कार्यक्रम संचालन गरी लागु औषध दुव्र्यशनीजस्ता कार्य पालिकाले नियन्त्रण गर्नुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।  ज्ञापन पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले पालिकाको विकासका लागि सकारत्मक सुझाव सहित धन्यवाद दिएका छन् । उनले पालिकाको विकासका लागि गाउँपालिका पछि नपर्ने पनि प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM