२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटमा ५० जना जेष्ठ कम्युनिष्ट योद्धाहरू सम्मानित

अशोक यादव, बैशाख ३, रौतहट
मदन आश्रितको ३२ औं स्मृति दिवसको अवसर पारेर शनिबार चन्द्रनिगाहपुरमा रौतहटका ५० जना जेष्ठ कम्युनिष्ट योद्धाहरूलाई सम्मान गरिएको छ।

मदन भण्डारी फाउण्डेशन जिल्ला कार्य समिति, रौतहटले उक्त कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता, फाउण्डेशनका मधेश प्रदेश अध्यक्ष राज महमद राय, जिल्ला इन्चार्ज अमर आले मगर लगायतले मदन भण्डारीको योगदान र स्मृतिको बारेमा बोले।

फाउण्डेशनका जिल्ला सचिव देबराज न्यौपानेका अनुसार ७५ वर्ष नाघेका ५० जना जेष्ठ योद्धाहरूलाई खादा ओढाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो।

सम्मानितमध्ये माधव गौतम (८७ वर्ष) लगायतले पुराना दिन सम्झिँदै पार्टीमा गरेका योगदानको कुरा सुनाए।

कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश उपसचिव आरती भण्डारी, भूमि आयोग रौतहटका अध्यक्ष अखिलेश चौधरी, जिल्ला सचिव बाबुराम दाहाल, उपसचिव अवधेश यादव, मुना लामिछाने, शिव आचार्य, रवि राना मगर, रमेश तिमलसिना, अशोक पहाडी लगायत धेरै नेता कार्यकर्ताहरूको उपस्थिति थियो।

फाउण्डेशनका जिल्ला अध्यक्ष मुनीलाल सहनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो भने संचालन देबराज न्यौपानेले गरेका थिए।

कार्यक्रमकै क्रममा नेकपा एमाले चन्द्रपुर नगर कमिटीका पूर्व उपाध्यक्ष राजेन्द्र तिवारीले आफ्नो जन्मदिनको अवसर पारेर सम्मानित वृद्ध योद्धाहरुलाई जुस खुवाएर सम्मान व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM