२०८२ फाल्गुन १९ गते मंगलवार

नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको १४औं जिल्ला अधिवेशन सम्पन्न

अशोक यादव, वैशाख ३, रौतहट

नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति रौतहटको १४औं जिल्ला अधिवेशन आज शनिबार सम्पन्न भएको छ। रौतहट जिल्लाको राजदेवी नगरपालिका–४ स्थित श्री यमुना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा संगठनको नयाँ नेतृत्व चयन गरिएको हो।कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन, रौतहटका निवर्तमान अध्यक्ष अनिलकुमार निधिको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनको प्रमुख अतिथिका रूपमा मधेस प्रदेश अध्यक्ष नागेन्द्र यादव रहेका थिए।

कार्यक्रममा सर्वसम्मतिबाट ११ सदस्यीय नयाँ जिल्ला समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा योगेन्द्र प्रसाद कुशवाहा चयन भएका छन्। उपाध्यक्षमा राधिका सापकोटा, सचिवमा बिरेन्द्र प्रसाद साह लगायत अन्य पदाधिकारी चयन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले रौतहटमा संगठनको बलियो नेतृत्व चयन नहुँदा आगामी महासंघको निर्वाचनमा संगठन कमजोर हुन सक्ने चेतावनी दिए। उनले एमाले महासचिव माधवकुमार नेपालको पार्टी विभाजनले जिल्लामा संगठनमा असर पारेको उल्लेख गर्दै अब सबै मिलेर संगठनलाई बलियो बनाउनु पर्ने बताए।

कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा जनवर्गीय संगठन संयोजक रूपेश पटेल, पूर्व जिल्ला अध्यक्ष मनीषंकर निधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका लगायत सयौंको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM