२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटमा अज्ञात व्यक्तिको शव फेला

अशोक यादव, बैशाख ३

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा अन्दाजी राति २ बजेतिर एक अज्ञात पुरुषको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार राजमार्गको सडकखण्डमा अन्दाजी ३०–४० वर्ष जतिको एक पुरुष गम्भीर घाइते अवस्थामा लडेका थिए। तत्काल उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुर स्वास्थ्य चौकी पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

मृतकको नाम, थर र ठेगाना हालसम्म नखुलेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM