बाजुरा, जेष्ठ २ – कोल्टीबाट धुलाचौरतर्फ जाँदै गरेको जिप दुर्घटनामा परि ६ जना घाइते भएका छन्।म १ ज २३३ नम्बरको जिप खिउने खोला डाँडामा दुर्घटना भएको हो। जिप कोल्टीबाट धुलाचौर जाँदै थियो।
दुर्घटनामा परि हिमाली गाउँपालिका–२ की २० वर्षीया चालक सबिना बोहरा, वडा नम्बर ५ की १८ वर्षीया रगिता बुढा, १८ वर्षीया जुनिता बुढा, १९ वर्षीय विवेक बुढा र हिमाली गाउँपालिका–६ की २२ वर्षीया अस्मिता शाही घाइते भएका छन्।
सबिना बोहरा, रगिता बुढा र जुनिता बुढाको टाउको र हातमा चोट लागेको छ भने विवेक बुढाको बायाँ हातमा चोट लागेको धुलाचौर प्रहरी चौकीले जनाएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।









