२०८२ मंसिर २२ गते सोमबार

हिमालीमा जेष्ठ ७ गतेबाट देउडा लोक सास्कृतिक कार्यक्रम गरिने

बाजुरा , जेष्ठ १ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा जेष्ठ ७ र ८ गतेको दिनमा देउडा लोक सास्कृतिक कार्यक्रम गरिने भएको छ । नेपाल देउडा संस्कृती संरक्षण समितिको आयोजनामा नेपाल देउडा संस्कृती संरक्षण समितिको विधिवत रुपमा उद्धघाटन तथा लोक सास्कृतिक कार्यक्रम गरिने भएको छ ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बाहुलीबाट कार्यक्रम समुद्घाटन हुने भएको छ । उक्त कार्यक्रममा हिमाली गाउँपालिका ( १ को वडाबाट सडक नाटक, वडा ( २ का सम्पूर्ण गाउँबाट भुवाचाली, वडा ( ३ बाट भोटेसेलो खेल, वडा ( ४ फैतिबाट मागल र बोर्ता टोलबाट चम्पानाच, वडा ( ५ रुगिन र नदापाट गाउँबाट छैट खेल, वच्छयाँ र क्यूडी टोलबाट ढालनाच, वडा ( ६ धिमबाट मुज्यारा खेल र पञ्चेवाजा पाँडी गाउँको टोलबाट पुरानो महिला देउडा खेल, कापुचौरबाट भोटेसेलो नाच बोल्डिक टोलबाट रोपाइ अवाली र वडा ( ७ बाँधु गाउँबाट हुडकें नाच, बालो मार्ने खेल, श्री पञ्चमी माग्ने, र चम्पानाच कार्यक्रम प्रस्तुती गरिने नेपाल देउडा संस्कृती संरक्षण समितिका अध्यक्ष दिपचन्द्र पाध्यायले बताएका छ्न ।

सास्कृतिक कार्यक्रममा स्थानीय साँस्कृतिक प्रदर्शनका साथै स्थानीय स्तरका सम्भाव्य कलाकारहरुको बेजोड प्रस्तुती रहेने भएको छ । गाउँपालिकाका सबै वडाका महिला र पुरुषको अलग अलग देउडा प्रतिस्पर्धा जेष्ठ ७ गते बेलुका देखि ८ गते बेलुकासम्म संचालन हुने भएको छ । देउडा प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्नेहरुलाई उचित पुरस्कारको व्यवस्था गरिने छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM