२०८२ फाल्गुन १९ गते मंगलवार

माओवादी केन्द्र खप्तड छेडेदह गाउँ कमिटिको सम्मेलन सम्पन्न

उमेश रोकाया

बाजुरा , बैशाख ३० । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खप्तड छेडेदह गाउँ कमिटिको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।

सोमबार खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर ३ धनाल्तमा गाउँ कमिटी अध्यक्ष देब बहादुर धामिको अध्यक्षता संचालन भएको सम्मेलनको प्रमुख अतिथि माओवादी केन्द्रकी केन्द्रिय सदस्य देबकि मल्ल रहनुभएको थियो भने बिशिस्ट अतिथिमा जिल्ला संयोजक देबिचन्द्र बुढा दिपक,सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य दिपक डिसि अतिथिमा प्रदेश कमिटी सदस्य दिल बहादुर रावत,र जिल्ला समन्वय समितिका सदस्यहरू रहनुभएको थियो ।

 

वाइसीएल बाजुराका संयोजक दिनेश कुमार विकले संचालन गर्नुभएको कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ता गरि करिब एक सय जनाको उपस्थिति रहेको थियो। नेकपा माओवादी केन्द्र केन्द्रिय कमिटिको सर्कुलर बमोजिम खप्तड छेडेदह गाउँ कमिटिको तेस्रो सम्मेलन भब्य रुपमा सम्पन्न भएको सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य दिपक कुमार डिसिले जानकारी दिनुभयो ।

सम्मेलनमा बोल्ने सबै अतिथि बक्ताहरुले देश माओवादी केन्द्रको एजेन्डामै अगाडि बढिरहेकाले यहि पार्टिमा गोलबद्ध हुन स्थानियलाइ आग्रह गरेका थिए ।गाउँ कमिटिको तेस्रो सम्मेलन बाट माओवादी केन्द्र बाजुराका पुर्व जिल्ला कमिटी सदस्य सदन बि.क अध्यक्ष रहनेगरी २५ जनाको गाउँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

जसमा उपाध्यक्ष मान बहादुर धामी ,उपाध्यक्ष टिक बहादुुर रावत,उपाध्यक्षजानकि खड्कासचिवमा पदम बहादुर रावत,सहसचिव- गोरख बहादुर खड्का सहसचिव- मिनराज सुनार, कोषाध्यक्ष तुलक्षा कुमारी रावत धामी रहनुभएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM