२०८२ फाल्गुन १९ गते मंगलवार

कपिलवस्तु बहुमुखी क्याम्पसको निर्वाचनमा ९८२ मत खस्यो

प्रिन्स कुमार मिश्रा 

कपिलवस्तु, वैशाख २७ । कपिलवस्तु बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालन समितिको निर्वाचनमा ९ सय ८२ मत खसेको छ। कुल १ हजार १२ मतदाता मध्ये ९८२ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक नुर मोहम्मदले जानकारी दिएका छन्।

निर्वाचनमा क्याम्पस सञ्चालन समितिको अध्यक्ष पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये बाबुराम खानाल, सुरेश प्रसाद शर्मा, सचितानन्द त्रिपाठी र हरम सरिफ मुसलमान उम्मेदवार रहेका छन्।

त्यस्तै खुला सदस्य पदका लागि १० जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूमा राजेश कुमार अग्रहरी, शोहरत तेली, गोपाल भण्डारी, राम जी कुर्मी, शारदानन्द यादव, देवराज पाण्डेय, गंगेश कुमार वर्मा, कृष्ण चन्द्र पासी, गौरव कुमार कसौधन र राम शरण चौधरी छन्।

महिला सदस्य पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। जसमा विन्दवासिनी हरिजन, लक्ष्मी मिश्रा, बन्धना चौधरी, इन्दीरा पौडेल देवकोटा, सुनिता दुबे शुक्ला र पुष्पाञ्जली शुक्ला मिश्रा रहेका छन्।

शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनको परिणाम केही समयमै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM