२०८२ फाल्गुन १९ गते मंगलवार

चन्द्रपुरमा तीन विद्यालयको तह घटाइयो, एक विद्यालय गाभियो

अशोक यादव, बैशाख २६, रौतहट
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा विद्यार्थी संख्या घट्दै गएको र शिक्षक दरबन्दी आवश्यकता भन्दा बढी भएको भन्दै केही विद्यालयमा शैक्षिक तह घटाउने तथा गाभ्ने निर्णय गरिएको छ।

नगर शिक्षा समितिको बैठकले चन्द्रपुर–२ जुडिबेलाको असनवा निम्न माध्यमिक विद्यालय, बसन्तपुरको बसन्त आधारभूत विद्यालय, र बडहरवाको जनता प्राथमिक विद्यालयमा अबदेखि कक्षा १ देखि ३ सम्म मात्र अध्यापन गराउने निर्णय गरेको हो। यी विद्यालयहरूमा अघिल्लो सत्रसम्म कक्षा १ देखि ८ सम्म अध्यापन हुँदै आएको थियो।

नगर शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलका अनुसार नयाँ शैक्षिक सत्रदेखि जनप्रिय प्राथमिक विद्यालय, नयाँटोल पडहरियालाई श्रीकृष्ण माध्यमिक विद्यालयमा गाभ्ने निर्णय समेत गरिएको छ।
“विद्यार्थी संख्या लगातार घटिरहेको र शिक्षक आवश्यकता भन्दा बढी रहेका कारण यो निर्णय गर्नुपरेको हो,” मण्डलले जानकारी दिनुभयो, “जहाँ विद्यार्थी, त्यहाँ शिक्षक भन्ने आधारमा शिक्षक व्यवस्थापन गरिनेछ।”

विद्यालय तह घटाइएपछि शिक्षकहरूलाई समायोजन गरी अन्य विद्यालयमा खटाइने वा दरबन्दी नै घटाइने समेत नगरपालिकाले जनाएको छ।

तर, केही अभिभावकले भने विद्यालय सुधारको सट्टामा तह घटाउने र गाभ्ने निर्णय उपयुक्त नभएको गुनासो गरेका छन्। नगरपालिकाले भने स्रोत व्यवस्थापन तथा गुणस्तरीय शिक्षाको लागि यस्तो कदम चाल्नु आवश्यक भएको जिकिर गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM