उमेश रोकाया
बाजुरा , बैशाख २६ । स्थानीय तहको २०७९ निबार्चनमा स्वतन्त्रबाट बुढिनन्दा नगरपालिका उप मेयर निर्बाचित भएका रामबहादुर बोहरा पुनः नेपाली काङ्ग्रेस आएका छन । नेपाली काँग्रेस १४ औं अधिवेशनमा बाजुरा प्रदेश क्षेत्रीय ‘क’ सभापति रामबहादुर बाेहाेरा पुनः नेपाली काँग्रेसमै फर्किएको
नेपाली काङ्ग्रेस बाजुरा प्रदेश क्षेत्रीय ‘क’ सचिव रविन्द्र रोकायाले बताएका छन । नेपाली काङ्ग्रेस केन्द्रिय सभापति शेर बहादुर देउवा निवासमा एक अनौपचारिक कार्यक्रम बिछ करिब ३ वर्ष सम्म स्वतन्त्र भएका बुढिनन्दा नगरपालिका उप मेयर रामबहादुर बोहरालाई नेपाली काङ्ग्रेस केन्द्रिय सभापति शेर बहादुर देउवा, केन्द्रिय सदस्य विद्या देवी तिमिल्सिना, महासमिति सदस्य जनक राज गिरी, नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधि सदस्य जुना दानी, जिल्ला पाटी सभापति रामसिङ रावल सहित सहभागिता रहनुभएको छ ।
त्यस्तै गरी पुर्वा पाटी सभापति कबिराज पण्डित लगायत नेतागणहरु उपस्तिथिमा पुनः नेपाली काङ्ग्रेस पाटी रामबहादुर बोहरालाई दोसल्ला ओढाएर स्वागत सम्मानका साथ नेपाली काङ्ग्रेस पाटीमा आउनु भएको छ । हाम्रो विशाल नेपाली काङ्ग्रेस पाटीमा अत्यन्तै खुसी तुल्याएकाे छ । उर्जा संघर्ष लगानीलाई काँग्रेस पाटीमा हिजाेका दिनमाझै भाेलिका दिनमा भरपुर समान्न गर्ने आसा पलाए संगै स्वागत गरिएको बाजुरा प्रदेश क्षेत्रीय ‘क’ सचिव रोकायाले बताए छन ।









