२०८२ फाल्गुन १९ गते मंगलवार

सिरहाको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्ती, सुरक्षा व्यवस्था कडा

नरेशचन्द्र बरबरिया

सिरहा, बैशाख २६ । सिरहा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सशस्त्र प्रहरी बल नेपाल (APF) र भारतीय सीमा सुरक्षा बल (SSB) बीच सीमा क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ।

 

सिरहा नगरपालिका–१७ स्थित माडर क्षेत्रमा दुवै मुलुकका सुरक्षा निकायहरूले सीमा क्षेत्रमा भइरहेका अवैध क्रियाकलाप नियन्त्रण तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न तालमेल गर्दै गस्ती तीव्र पारेका हुन्।

सशस्त्र प्रहरीका अनुसार, पछिल्लो समय भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण नेपाल–भारत सीमामा समेत सुरक्षा सतर्कता बढाइएको हो।

सीमावर्ती क्षेत्रमा हुने तस्करी, आपराधिक गतिविधि र अनावश्यक आवतजावतलाई नियन्त्रण गर्न नियमित गस्ती, निगरानी तथा चेकजाँच कार्यलाई सघन बनाइएको जनाइएको छ।

सुरक्षा निकायले स्थानीय बासिन्दालाई आवश्यक सहयोग र सतर्कता अपनाउन आग्रह गर्दै सीमामा शान्ति सुरक्षाको सुनिश्चितता जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM