२०८२ फाल्गुन १९ गते मंगलवार

हेटौंडामा माछा चोरी गर्ने पक्राउ, बल्छीसहित नियन्त्रणमा

प्रमोद सहनी

मकवानपुर, वैशाख २४ । हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा रहेको एक निजी माछा फार्ममा चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा–१५ फारलाइनका ३५ वर्षीय बिनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार म‌ंगलबार राति करिब ११:३० बजे थापा गैरीगाउँका हरिराम राईको व्यवसायिक माछा फार्ममा चोरी गर्दै थिए। थापाले बल्छीको पासो प्रयोग गरी अन्दाजी १ किलो माछा मारेको अवस्थामा मालिकले देखेपछि उनलाई लखेटी समातेका थिए। पक्राउपछि थापालाई बल्छी र माछासहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका मकवानपुरका डिएसपि तथा सूचना अधिकारी श्यामु अर्यालले जनाएको छ। प्रहरीले चोरीको प्रयासलाई गम्भीर रूपमा लिँदै कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। माछा फार्म सञ्चालक हरिराम राईले रातको समयमा चोरी हुन थालेपछि फार्मको सुरक्षालाई थप कडाइ गर्ने तयारी गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM