२०८२ फाल्गुन १९ गते मंगलवार

‘अप्रेसन सिन्दुर’मा भारतीय सेनाको मिसाइल आक्रमण, ३० पाकिस्तानीको मृत्यु

मकवानपुर , २४ वैशाख। भारतले पाकिस्तान अधिकृत काश्मिरमा ‘अप्रेसन सिन्दुर’ सञ्चालन गर्दै गएको मिसाइल आक्रमणमा ३० जनाभन्दा बढी पाकिस्तानीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। उक्त कारबाहीमा ५० जनाभन्दा बढी घाइते भएका छन्।

भारतीय सेनाले आतंकवादीहरू लुकेर बसेको आशंकामा पाकिस्तान अधिकृत काश्मिरका ९ स्थानमा मध्यराति २४ वटा मिसाइल प्रहार गरेको बताइएको छ।

यस अभियानलाई भारतको सुरक्षा प्रतिक्रिया रूपमा हेरिएको छ। झन्डै १५ दिनअघि भारतको पहलगाममा भएको आतंकी आक्रमणमा एक नेपालीसहित २६ जना निर्दोषको ज्यान गएको थियो।

भारतले उक्त आक्रमणको प्रतिशोधस्वरूप ‘अप्रेसन सिन्दुर’ सुरु गरेको बताइएको छ। आक्रमणको औपचारिक पुष्टि वा विस्तृत विवरण भने पाकिस्तानतर्फबाट आएको छैन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM