२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटको चेतनगरबाट प्रतिबन्धित लागूऔषधसहित एकजना पक्राउ

रौतहट, बैशाख २१
रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चेतनगर बजारबाट आइतबार प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति मौलापुर नगरपालिकाका २९ वर्षीय जितेन्द्र साह हुन्, जो चेतनगर बजारमा मेडिकल पसल सञ्चालन गर्दै आएका थिए। साहले सोही मेडिकलमार्फत खुलेआम ट्रामाडोल जस्ता प्रतिबन्धित लागूऔषध बिक्री वितरण गर्दै आएका थिए।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्राप्त सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले साहको मेडिकल पसलमा छापा मारी ४ हजार ५ सय पिस ट्रामाडोल बरामद गरेको हो।

प्रहरीका अनुसार, जितेन्द्र साहले बागमती, चन्द्रनिगाहपुरलगायतका आसपासका बजारका युवालाई नियमित रूपमा लागूऔषध बिक्री गर्दै आएका थिए। हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM