२०८२ फाल्गुन १९ गते मंगलवार

अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार द्वारा पर्सा र रौतहटका एक जना महिला सहित ५ पत्रकार भारतमा सम्मानित

शैलेश गुप्ता, १६ बैशाख, पोखरिया
“दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक दुई दिवसीय सम्मेलन भारतको जयपुर, राजस्थानमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना सार्क पत्रकार मञ्च, भारत च्याप्टरद्वारा गरिएको थियो, जसमा बारा र पर्साका पाँच जना पत्रकारहरूलाई अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५ बाट सम्मान गरिएको छ।

ऐपेक्स विश्वविद्यालय, सिप्रापथ, मानसरोवर, जयपुरमा सम्पन्न उक्त कार्यक्रममा दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरू सहभागी थिए। सम्मानित हुने पत्रकारहरूमा पर्साबाट वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमका प्रेस सल्लाहकार तथा वीरगञ्ज टेलिभिजनका सञ्चालक महमद सदाब, द ब्लास्ट किंग साप्ताहिकका प्रकाशक तथा कालोझोला डटकमका ब्युरो प्रमुख दिपेन्द्र प्रजापति रहेका छन्। बाराबाट भने भावानी मिडिया प्रा.लि. द्वारा सञ्चालित बारादैनिक डटकमका सञ्चालक तथा साझा निगरानी राष्ट्रिय दैनिकका प्रकाशक मानिकचन्द्र साह, कटवासीमाई मिडिया प्रा.लि. द्वारा सञ्चालित जनचेतना खबर डटकमका सञ्चालक तथा जनचेतना खबर साप्ताहिकका प्रकाशक श्यामल कुमार गिरी र पोखरिया खबर अनलाइन डटकमकी सञ्चारकर्मी महिला पत्रकार पूजा जैसवाल रहेका छन्।

कार्यक्रम ऐपेक्स विश्वविद्यालयका कुलपति डा. रवि जुनिवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा प्रो. कुलपति डा. खेमराज चौधरी, उपकुलपति डा. सोमदेव सातन्सु, पूर्व प्रमुख डा. सञ्जिव भनावट, गौतम बुद्ध विश्वविद्यालय नोयडाका डीन डा. वन्दना पाण्डे, भारत च्याप्टर अध्यक्ष डा. अनिरुद्ध सुधान्सु, कार्यसमिति सदस्य डा. स्मिता मिश्रा, श्रीलंका च्याप्टर अध्यक्ष राहुल सामन्था, तेलंगाना च्याप्टरका मोहम्मद युसुफुद्दीन, महाराष्ट्रका अनिल साम्बले, एयर कमाण्डर डी.एस. सेखावत, डा. ओपी चंगानी, डा. राकेश प्रेमी, डा. वसना चंगानी र डा. गरिमा श्रीवास्तवको उपस्थिति रहेको थियो।

सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायतका दक्षिण एशियाली देशहरूबाट ४० जना पत्रकार तथा १२० जना अनुसन्धानकर्ता, शान्ति अभियन्ता र पत्रकारिता विधार्थीहरू सहभागी थिए। सम्मेलनमा शान्ति स्थापना, क्षेत्रीय सहकार्य र पत्रकारिताको उत्तरदायित्व सम्बन्धी १२० वटा कार्यपत्र प्रस्तुत गरिएका थिए, जसमा बहस, विचार–विमर्श तथा अनुभव आदान–प्रदान गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM