२०८२ फाल्गुन १९ गते मंगलवार

बाजुराको भुकाखोला नजिक कर्णाली नदीमा युवक बेपत्ता, खोजी जारी

उमेश रोकाया

बाजुरा, बैशाख १५ । बाजुराको जगन्नाथ गाउँपालिका–६ भुकाखोला नजिकै कर्णाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा रुकुम पश्चिमको आठबीस नगरपालिका–१३ का २७ वर्षीय नरेन्द्र परियार रहेका छन्।

कर्णाली करिडोर सडक खण्ड अन्तर्गत जगन्नाथ गाउँपालिका–६ भुकाखोलामा निर्माण कार्यमा मजदुरी गर्दै आएका परियार आइतबार अचानक कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बेपत्ता परियारको खोजीका लागि इलाका प्रहरी कार्यालय जुड्डीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको छ र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षकले जानकारी दिएका छन्।

स्थानीय बासिन्दा तथा मजदुरहरूसँगको समन्वयमा नदीमा व्यापक खोजी भइरहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM