२०८२ फाल्गुन १९ गते मंगलवार

बैरिया मठको गेट निर्माण शिलान्यास धार्मिक पर्यटन प्रवर्द्धनतर्फ प्रदेश सरकारको नयाँ पहल

मेवालाल यादव

रौतहट
मधेस प्रदेश सरकारअन्तर्गतको पर्यटन मन्त्रालयको ५० लाख रुपैयाँको लागतमा रौतहटको राजपुर नगरपालिका–९ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बैरिया मठको गेट निर्माण, टहरा सेट, ढलान र रंगरोगनको काम सुरु भएको छ।

शिलान्यास कार्यक्रम जनमत पार्टीका रौतहट क्षेत्र नं. २ का प्रदेश सभा सदस्यका उम्मेदवार मोहम्मद आलम (उर्फ बाबू साहेब) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

परियोजना अन्तर्गत १५x२० साइजको टहरा सेट निर्माण, माटोपुरी ढलान, मठको रंगरोगन तथा गेट निर्माण गरिनेछ। कार्यक्रमका प्रमुख अतिथि मोहम्मद आलमले मठलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए। उनले मधेसको सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय रोजगारी र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।

वडाध्यक्ष शेख नसरुलले स्थानीय जनताको लामो समयदेखिको माग पूरा हुन लागेको बताउँदै आगामी दिनमा अझै धेरै विकास योजनाहरू भित्र्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो।स्थानीय बासिन्दाहरूले पनि मठमा सरकारले चासो देखाएकोमा खुसी व्यक्त गर्दै योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे।उक्त कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष शेख नसरुल, जनमत पार्टीका स्थानीय नेताहरु, राजपुर नगरपालिकाको उपमेयर प्रत्याशी सकिना खातुन , कार्यकर्ताहरू, विभिन्न सञ्चारकर्मी तथा स्थानीय समाजसेवीको उल्लेख्य उपस्थिति रहेको थियो

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM