२०८२ फाल्गुन १९ गते मंगलवार

गौर भन्सार नजिकै अज्ञात पुरुषको शव फेला, प्रहरी अनुसन्धानमा

जिल्लाको गौर नगरपालिका–१ अन्तर्गत गौर भन्सारको पूर्वपट्टि रहेको बाटोमा शनिबार दिउँसो एक अज्ञात पुरुषको शव फेला परेको छ। स्थानीयवासीहरूले बाटोमा शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरीको टोली घटनास्थलमा पुगेर शवको अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार मृतकको उमेर करिब ३० वर्षको आसपास देखिन्छ भने उनको पहिचान हालसम्म खुल्न सकेको छैन। शव पहिचानका लागि आसपासका बासिन्दाहरूसँग सोधपुछ गरिएको छ भने अन्य जिल्ला प्रहरी कार्यालयहरूसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ। शव देखिएको स्थान आसपासको क्षेत्रलाई प्रहरी टोलीले घेराबन्दी गरी आवश्यक प्रमाण संकलन गरिरहेको छ।

साथै घटनाको प्रकृति हेर्दा शंका लाग्दो अवस्थामा शव भेटिएको भन्दै प्रहरीले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाएको छ। प्रहरीले घटनाबारे गम्भीर ढंगले अनुसन्धान अगाडि बढाइरहेको र मृतकको पहिचान खुल्ने वित्तिकै घटनाको पृष्ठभूमि स्पष्ट हुने बताइएको छ। घटनाले स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ भने मृतकको सम्बन्धमा जानकारी हुने जो–कोहीलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM