२०८२ फाल्गुन १९ गते मंगलवार

अख्तियार र CIB को नक्कली अधिकृत बनेर सर्वसाधारणलाई ठग्न खोज्ने युवक पक्राउ

२०८२ बैशाख १३, शनिबार धनुषा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को अधिकृत हुँ भन्दै सर्वसाधारण र सुरक्षाकर्मीहरूलाई समेत झुक्याएर लाभ लिन खोज्ने एक युवकलाई धनुषाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति धनुषाको बट्टेश्वर गाउँपालिका वडा नं. ५, कालिपुर निवासी ३३ वर्षीय रामभजन मण्डल रहेका छन् । उनी गोपाल मण्डलका छोरा हुन् ।

रामभजन मण्डलले विगत केही महिनादेखि आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास–महोत्तरी र CIB, काठमाडौँको अधिकृत कर्मचारी भएको झुटो परिचय दिँदै शहिदनगर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा सर्वसाधारणलाई मानसिक दबाब दिने, धाकधम्की देखाउने, र त्यसबाट व्यक्तिगत लाभ लिन खोज्ने गरेका थिए । यस विषयमा गुप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले ११ गते दिउँसो करिब १ बजे शहिदनगर नगरपालिका वडा नं. ३ स्थितबाट उनलाई नियन्त्रणमा लिएको हो ।

हाल उनलाई ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ र थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार, रामभजन मण्डलको गतिविधिबाट प्रभावित हुन सक्ने अन्य व्यक्तिहरूको विवरण संकलन कार्य पनि सुरु गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM